२०८१ आश्विन १९ , शनिवार

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि तरङ्ग

सुनाखरी न्युज/ काठमाडौं –

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आए लगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।

 

विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ। ‘आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले भन्यो ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको थियो ।

 

’विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।