२०८१ पुष ८ , सोमवार

अमेजन जंगलमा हराएको झन्डै चार हप्तापछि भेटिए ६ र ८ वर्षीय दाजुभाइ

सुनाखरी न्युज/ काठमाडौं –

ब्राजिलको अमेजन जंगलमा हराएका दुई जना बालक झन्डै चार सातापछि भेटिएका छन्। ८ वर्षीय ग्लाउको फेरेरा र ६ वर्षीय ग्लेसन फेरेरा दाजुभाइ हराएको झन्डै चार हप्तापछि भेटिएको बिबिसीले जनाएको छ।

 

उनीहरू अमेजनस राज्यको मनिकोरे नजिकैको जंगलमा चरा समात्न खोज्दा गत फेब्रुअरी १८ मा हराएका थिए। झन्डै चार हप्तापछि मंगलबार उनीहरूलाई स्थानीय रूख काट्ने मान्छेले गाउँभन्दा छ किलोमिटर टाढा भेटेका हुन्। बिबिसीका अनुसार एक जना बालकले नजिकै रूख काटिरहेको आवाज सुनेपछि सहायताको लागि चिच्याएका थिए।

 

सोही आवाज पछ्याउदै जाँदा रूख काट्ने मान्छेले उनीहरूलाई जंगलमा भोको र कमजोर अवस्थामा फेला पारेका हुन्। आपकालीन सेवाले फेब्रुअरी २४ देखि उनीहरूलाई खोज्न छाडेका थिए। तर स्थानीयले भने खोज जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। ब्राजिलको लोकल मिडियाका अनुसार उनीहरूले आमाबुवालाई भेटेपछि जंगलमा हराउँदा केही पनि नखाएको र पानीमात्र खाएर बसेको बताए।

 

उनीहरू जंगलमा हुँदा केही खान नपाएर कुपोषणका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ।अमेजन जंगलमा मानिसहरू हराएको भने यो पहिलो पटक होइन। गत जनवरी पाइलट एन्टोनियो सेनाले विमान दुर्घटना हुँदा ब्राजिलियन अमेजनकको दुर्गम क्षेत्रमा हराएर ३६ दिन बिताएकी थिइन्। एजेन्सी