२०८१ आश्विन १३ , आइतवार

एफसी चितवनले आइतवार चितवनमा रूकी हण्ट संचालन गर्दै

सुनाखरी न्युज/ काठमाण्डौ । फुटवल क्लब एफसी चितवनले आगामीआइतवार विहान साढेएघार बजे चितवनको नारायणगढस्थित क्यापाचौरमा रूकीहण्ट (ट्यालेन्टक्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दै छ ।

 

आउँदो अप्रील ८ तारिकबाटशरू हुन लागि रहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लबएफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटवल खेलमापोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनुहुनेछ । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल)मा एफसी चितवन टीम बाट प्रतिष्पर्धामा खेल्न पाउनु हुनेछ ।

 

एफसी चितवन
एफसीचितवनआइएमई ग्रुपअन्तर्गत संचालित गेम अन प्रा.लिको एक फुटवल क्लबहो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्तपूर्वाधार पनिनिर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो ।

 

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्ष बाट मात्र शुरू हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्नप्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम्रोमान्चकारी हुने देखिएको छ ।