२०८१ आश्विन १३ , आइतवार

हीरक जयन्तीमा झाँकी र प्रभातफेरी

शिशिर पौडेल/ पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको अवसरमा पोखरामा झाँकी प्रदर्शन सहित प्रभातफेरी गरिएको छ ।

 

चैत ७ गते हुने जयन्ती उद्घघाटनको पुर्व सन्ध्यामा विद्यालयवाट शुरु भएको झाँकी सहितको प्रभातफेरी मैदानचोक मध्यमपथ,दिपचोक, घाटिपाटन, लामाचौर,अमलाविसौनी, चमेरे गुफा, महेन्द्र गुफा,संगम चोक हुदै पुनः विद्यालयमा पुगेर सम्पन्न भएको प्रचार प्रसार उपसमितिका संयोजक यदुनाथ बञ्जाराले जानकारी दिनुभयो । कार्यक्रममा वडा नं १६ भित्र रहेका विभिन्न संघ संस्था, क्लब, आमा समुह, भजन चुड्का समुह, धार्मिक तथा जातिय संस्था विद्यार्थी लगायतकाले आ आफ्नो संस्कृति झल्किने भेषभूषा तथा जातिय पहिचान बोकेका नृत्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा बाटुलेचौर तमु समाज, नेपाल गन्धर्व समुदाय विकास समाज,नेवा खल बाटुलेचौर, नेपाल मगर संघ दिप वगर,शुक्ला साहित्य प्रतिष्ठान,वह्म कुमारी ईश्वरीय विश्व विद्यालय, ओम शान्ति लामाचौर,दिप युनाइटेड क्लब, संरक्षण आमा समुह,वडहरवोट आमा समुह, जनजागरण आमा समुह, जाल्पादेवी आमा समुह,न्यु दिप ज्योति आमा समुह, मध्यमपथ टोल विकास संस्था,चण्डीका आमा समुह, अम्बिका आमा समुह, पुरानो गेट आमा समुह,मैदान आमा समुह, तल्लो दिप आमा समुह,करुण आमा समुह, विन्ध्यवासिनी क्याम्पस लगायतका विभिन्न समुदायले सहभागिता जनाएका थिए।

 

यस अघि कार्यक्रमको गण्डकी प्रदेशका सासंद कृष्ण बहादुर थापाले झाँकी व्यवस्थापन उपसमितिका संयोजक कुमार श्रेष्ठ र प्रभातफेरी व्यवस्थापन उपसमितिका संयोजक चित्र थापालाई राष्ट्रिय झण्डा र ब्यानर हस्तान्तरण गरी उद्घघाटन गर्नुभयो । हीरक जयन्तीको यही चैत ७ गते शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा सहभागीता जनाउन सम्पुर्ण शुभेच्छुकलाई विद्यालयले आग्रह समेत गरेको छ।