२०८१ आश्विन ६ , आइतवार

स्थानीय तहको निर्वाचन निष्पक्ष बनाउन सबैको प्रतिवद्धता आवश्यक : प्रम देउवा

सुनाखरी न्युज/ काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रेको तेमाल गाउँपालिका पोखरीनारायणस्थानमा नवनिर्मित गाउँपालिका प्रशासकीय भवन र वडा नं ५ मा एकैस्थानमा निर्माण गरिएको स्वयम्भु, बौद्ध र नमोबुद्ध स्तुपाको समेत उद्धघाटन गर्नुभएको थियो ।

 

तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र बनाउन सबैको प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ । उहाँले नवनिर्मित प्रशासकीय भवनबाट जनतालाई दिने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । तेमालमा धार्मिक र पर्यटकीय सम्भावना भएको भन्दै उहा“ले भकुण्डे–मेच्छे पौवा सडक, सुनकोशी खानेपानी लगायतका स्थानीय आयोजनालाई सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

 

कार्यक्रममा कांग्रेस जिल्ला सभापति तिर्थ लामाले तेमाल सम्भावनाको क्षेत्र भन्दै स्थानीय विकास निर्माणमा सघाउन कांग्रेस सभापतिको प्रतिवद्धता खोज्नुभयो । तेमाल गाउ“पालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धीका लागि धेरै काम गर्न बा“की रहेको भन्दै भकुण्डे–मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ हुने व्यवस्था गर्न, वौद्ध विश्वविद्यालय, भ्युटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्रीसँग माग गर्नुभयो ।

 

४ करोड ६४ लाख ८ हजार ८ सय ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको भवनको लागि जिल्ला समन्वय समितिले २ करोड बिनियोजन गरेको थियो । बा“की आन्तरिक श्रोतबाट खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।