२०८१ आश्विन ६ , आइतवार

चिनियाँ विदेश मन्त्री वाङ यी चैत ११ गते नेपाल आउने

सुनाखरी न्युज/ काठमाडौं –

चिनियाँ विदेशमन्त्री वाङ यी यसै साता आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

 

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने परराष्ट्रले जनाएको छ।

 

शनिबार उनले समकक्षी नारायण खड्कासँगको द्वीपक्षीय वार्ता गर्ने छन्। विदेशमन्त्री यी आइतबार नेपालबाट स्वदेश फर्किने छन्।