२०८१ आश्विन ६ , आइतवार

स्थानीय निर्बाचन पछि नेपाली कांग्रेस प्रमुख शक्ति को रूपमा स्थापित हुदै : कांग्रेस नेता गिरी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता एबं ” घर घर जाऔं , कांग्रेस जिताऔ ” अभियान का केन्द्रीय प्रतिनिधि किरण गिरीले स्थानीय तहको निर्बाचन पछि ७५ % जनादेश सहित पहिलो राजनीतिक शक्ति का रुपमा स्थापित हुने दाबी गर्नु भएको छ ।

 

सो अभियान मा डोटी जिल्लामा आयोजित विभिन्न आमसभा हरुलाइ बिशेष अतिथिको रुपमा संबोधन गर्दै कम्युनिस्ट हरुले जनता लाई भुलभुल्यैमा राख्ने दिन अब समाप्त भैसकेको कुरा बताउनुभयो । नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्र अनुसार यहि फाल्गुन २९ देखि डोटी जिल्ला भरी ” घर घर जाऔ,नेपाली काङ्ग्रेसलाई जिताऔ ” भन्ने मुल नारा सहित एक महिने घरदैलो अभियान नेपाली कांग्रेस नेता एबं केन्द्रीय प्रतिनिधि किरण गिरी र नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति एबं पुर्ब मन्त्री वीर बहादुर बलायरले डोटी को जोरायल गाउँ पालिका आयोजित आमसभा मा एक समारोह का बिच घोषणा गर्दै आज चैत्र – ८ गते शिखर नगरपालिका मा बिसाल आमसभा मा ” घर घर जाऔं , कांग्रेस जिताऔं ” कार्यक्रम सम्पन्न भएको बताउनु भएको छ ।

 

सो अबसरमा नेता गिरीले कम्युनिस्ट हरुको दोहोरो चरीत्र र नीति नेपालको लागी दुर्भाग्यपूर्ण रहेको कुरा बताउनु भयो । सबैखाले आन्दोलन र परिवर्तन को नेतृत्व गरेको नेपाली कांग्रेसले नेपाल बाट मात्र समृद्धि र बिकास सम्भव छ भन्नुभएको छ । सो कार्यक्रममा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले नेपाली कांग्रेस ले चुनावमा कसैसँग गठबंधन नगर्ने र कम्युनिस्ट हरुको बिश्वास गर्न नसकिने कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधी किरण गिरी र नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायर को बिशेष आतिथ्यता र जिल्ला सभापति नरेन्द्र बहादुर सिंह को बिशेष सक्रियतामा जिल्ला पार्टी कार्यालय डोटी को जोरायल मा सम्पुर्ण जिल्ला समितिका पदाधिकारी/ सदस्यहरु, महासमिति सदस्य / महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय समितिका पदाधिकारी / सदस्यहरु, प्रदेश समितिका पदाधिकारी/ सदस्यहरु, नगर/गाउँ समितिका पदाधिकारी / सदस्यहरु र नौ वटा पालिकाका ६५ वटै वडा समितिका सभापतिजिहरुको उपस्थिति रहेको थियो ।
किरण गिरी , केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेस र नरेन्द्र बहादुर सिंह जिल्ला सभापति डोटी नेपाली कांग्रेस को तर्फबाट सबैलाई ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियानमा सक्रिय रुपमा सहभागी हुन र नेपाली कांग्रेस पार्टी लाई मतदाताको घरदैलो पुर्‍याउन समेत आह्वान गर्नु भएको थियो ।

 

नेपाली कांग्रेसका महासमिति सदस्य , केन्द्रीय नेता एबं स्थानीय निर्बाचन परिचालन केन्द्रीय प्रतिनिधि किरण गिरीले
बैशाख -३० गते हामी स्थानीय निर्बाचनको मतदान मतदान गर्दै छौ । “घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियान लाई कांग्रेसले अबको केहिदिनमा ६७४३ वडामा
अनी ७५३ वटै स्थानीय तहमा संचालन भएको जानकारी दिनु भएको छ ।
नेपाली कांग्रेस ले आगामी बैशाख -३० गते हुन गैरहेको स्थानीय निर्बाचन तयारीका लागी फाल्गुन -२९ बाट देश भरका ७५३ वटा पालिकाको ६७४३ वडामा अनि ७५३ वटै पालिकामा ” घर घरमा जाऔं , कांग्रेस जिताऔं भन्ने अभियान सशक्त र प्रभावकारी रूपमा संचालन गर्ने भएको जानकारी दिनुहुदै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि , महासमिति सदस्य तथा कांग्रेस केन्द्रीय नेता किरण गिरी भन्नुहुन्छ :-
अब हुने सबै निर्वाचनमा
” मेरो भोट नेपाली कांग्रेसलाई “।
बा आमा , दिदीबहिनी , दाजुभाइ ,
भोट हालौ रुख 🌳लाई ।
फाल्गुन -२९ गते बाट नेपाली कांग्रेस को चुनावी अभियान प्रारम्भ भएको छ ।
” घर घरमा जाऔं , कांग्रेस जिताऔं “।
” हरेक कांध लाई भारी , हरेक हात लाई जिम्मेवारी “।
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समृद्धि र सुशासन ।
कांग्रेस कै नेतृत्वमा सबैखाले अन्यौलताको समाधान ।
फेरि कांग्रेस कै नेतृत्वमा तिनैतहको निर्बाचन ।
घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियानमा सरिक हुनु नेपाली कांग्रेसका हामी करिब ९ लाख क्रियाशील सदस्यहरुको दायित्व र जिम्मेवारी हो ।
प्रजातन्त्र हुदै नेपाली जनताको आन्दोलन र चाहना बाट स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपाल को उत्कृष्ट राजनीति प्रणाली हो । सार्बभौम जनता को सहभागितामा सम्पन्न हुने आबधिक निर्बाचन लोकतन्त्र को सुन्दर र अपरिहार्य पक्ष हो । आगामी बैशाख -३० गते स्थानीय निर्बाचन हुदै हामी तिनैतहको निर्बाचन गर्न गैरहेका छौ ।
आफ्नो राजनीतक यात्रा , अडान र दृष्टिकोण प्रति सदा प्रतिबद्ध । सबै खाले पेचिलो राजनीति लाई चिर्दै अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी भैसकेको छ ।
(१) आज फागुन २९ गते बाट नेपाली कांग्रेस पार्टी निति कार्यक्रम जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्ने कार्यक्रम प्रायः सप्पन्न भएको छ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा नेपाली कांग्रेसले अगाडि बढाइसकेको छ ।
(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत प्रतिबाद गर्ने , आफ्नो एजेण्डा र कार्यक्रम स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने कार्यक्रम तय ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने नीति अबलम्बन ।
(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु लाई सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा अनि पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने ।
(६). सबै स्थानीय तहले आफ्नो वडा र पालिकाहरुको उम्मेदवार चैत्र मसान्तसम्म सम्म छनौट गरि घोषणा गरेर अगाडि बढ्नु पर्ने धारणा राख्दै सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ । नेपालको बिकास र समृद्धि का लागी नेपाली कांग्रेस भुमिका र हैसियत सबै तहमा निर्णायक हुनु जरुरी रहेको जानकारी दिनु भयो ।
डोटी जिल्लामा गाउँ र नगरपालिकाहरु :-
जोरायल गाउँ पालिका ६ वटै वडा , बडिकेदार गाउँ पालिका ५ वडा , बोगटान गाउँ पालिका ७ वडा , के आइ सिंह गाउँ पालिका ७ वडा , सायल गाउँ पालिका ६ वडा , आदर्श गाउँ पालिका ७ वडा , दिपायल सिलगढी नगरपालिका ९ वडा , पुर्बिचौकीब गाउँ पालिका ७ वडा र शिखर नगरपालिका ११ वडाहरुमा नेपाली कांग्रेसको पार्टी संगठन लाई सशक्त र प्रभावकारी बनाउदै आगामी बैशाख – ३० हुन गइरहेको स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस लाई बिजय गराउने लक्ष्य र उध्धेश्य हो ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान कार्यक्रम सप्पन्न भएको छ ।
यी कार्यक्रम बारे नेपाली कांग्रेसका नेता कार्यकर्ता लाई प्रशिक्षीत गराइएको छ :-
`घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान नेपाली कांग्रेस :-
१) अभियानको नाम : `घर-घर जाऔं, कांग्रेस जिता´ अभियान
२) अभियानको समयावधि : फागुन २९ देखि चैत २९ सम्म १ महिना
३) अभियानको उद्देश्य l एक अभियान / आठ उद्देश्य :
क) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाइ अपील गर्दै निर्वाचनको माहौल बनाउने।
ख) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने। कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने।
ग) `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने।
घ) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने।
ङ) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।
च) प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने।
छ) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने।
ज) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना MCC नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने।
४) अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु
* अभियान अघि बढाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु हुनेछ।
५) प्रतिनिधिहरुको दायित्व र जिम्मेवारी
केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुग्नुहुनेछ। अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नुहुनेछ।
६) अभियानमा सात प्रदेश कार्यसमितिको भूमिका
संघीय संरचना निर्माण पश्चातको यो प्रथम अभियान प्रभावकारी रुपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
सो क्रममा…
क) केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण।
ख) सम्पूर्ण कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँड।
ग) अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय।
घ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो प्रदेश भित्र `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा।
ङ) आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने।
७) अभियानमा जिल्ला कार्यसमितिको भूमिका
क) अभियान शुरु हुनु भन्दा कम्तीमा २ दिन अघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने।
ख) जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने।
ग) अभियानको जिल्ला स्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने।
घ) अभियानलाई सफल बनाउन आफु अन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरु परिचालन गर्ने।
ङ) केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरि आफ्नो जिल्ला भित्र `घरघर जाऔं, कांग्रेस जिताऔं´ अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम तर्जुमा गर्ने।
८) अभियानमा प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने।
ख) आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक-फरक वडामा परिचालन गर्ने।
९) अभियानमा पालिका समितिहरुको भूमिका
क) केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने।
ख) `स्थानीय घोषणापत्र निर्माण समिति´ गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने l समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकार लगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने।
ग) समिति मार्फत `घोषणा पत्र निर्माण संवाद´ कार्यक्रम आयोजना गरेर स्थानीय बासिको भावना समाहित गर्ने।
घ) वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप ब्यापक कार्य विभाजन गर्ने।
ङ) अभियानका हरेक गतिविधिको सामाजिक संजाल र स्थानीय संचार माध्यम मार्फत व्यापक प्रचार गर्ने l त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने।
१०) अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत
क) ७७ जिल्लामा एकै दिन, एकै समयमा १.०० बजे, एकसाथ, जिल्ला स्तरीय रूपमा उद्घाटन समारोह हुनेछ।
ख) उद्घाटन समारोह मार्फत अभियानको उध्येश्य, समयावधि र कार्यक्रमको स्वरुप बारे जानकारी गराइनेछ।
ग) उद्घाटन समारोहमा वडा तहमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिनेछ। (वडामा जिल्ला प्रतिनिधिका रूपमा पार्टीको नेतृत्वदायी तहमा रहेका साथीहरू खटिनुहुनेछ)
घ) स्थानीय स्थिति र आवश्यकता अनुरुपको संख्यामा प्रतिनिधि टोलि जिल्ला समितिको निर्णय अनुरुप वडामा खटिने छ।
११) कार्यक्रमको निर्धारित क्षेत्र
* जिल्ला स्तरीय उद्घाटन समारोह पश्चात सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलत वडा र टोल केन्द्रित हुनेछन्।
१२) अभियानको एक पाटो स्थानीय समितिहरुको आन्तरिक संरचनालाई पूर्णता
क) सबै पालिका समितिले अभियानको समयावधिभित्र `हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी´ को निति अनुरुप (कार्यसम्पादन, विभाग लगायत परिपत्रमा उल्लेखित एवं अन्य आवश्यक) कार्य विभाजन सम्पन्न गर्नेछन्।
ख) अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधि भित्र (कार्यसम्पादन, विभाग लगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्नेछन्।
ग) गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन्।
घ) गठित टोल समिति अन्तर्गतको अन्य संरचना दोस्रो साताभित्रै गठन गरिनेछन्।
ङ) अभियानको निर्धारित सबै कार्यक्रमका लागि वडा समितिले आफ्नो सहजता र कार्यक्रमको प्रकृति अनुरुप पालिका समितिसँग समन्वय गरेर स्थानीय मिति तय गर्नेछन्।
१३) अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ति समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन्।
१४) वडा र पालिका तहमा सम्पन्न हुने कार्यक्रमहरु
सम्बन्धित समितिले `टाइ सिट´ निर्माण गरेर फरकफरक दिनमा यी कार्य प्रभावकारी रुपले सम्पादन गर्नेछन्।
१४.१) स्थानीय निर्वाचन प्रचार, परिचालन र घोषणापत्र मस्यौदा लगायतका समितिहरु गठन
१४.२) स्थानीय स्थिति अनुरुपको चुनावी रणनीति निर्माण
१४.३) स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद (घोषणा पत्र मस्यौदा समिति)
१४.४) जनतासँग `विकास संवाद´ अन्तर्गत जन अपेक्षा र आवश्यकता अनुरुपको बाटो, कल्भर्ट, कज्वे, तटबन्ध या अन्य कुनैपनि स्थानीय विकासको बिषयमा स्थलगत रूपमा संवाद।
१४.५) FTVT Program
(First Time Voter Training Program) (पार्टी + नेविसंघ + पार्टीका शुभेच्छुक बौद्धिक संस्थाहरु)
१४.६) `जन अपेक्षाको स्थानीय तह कस्तो ?´
पहिलो पटकका मतदाताको दृस्ठिकोण, भावना र सुझाव संकलन।
१४.७) आफ्नो पालिका या वडा क्षेत्र भित्र कुनै पनि सामाजिक विसंगतिका घटना छन् भने त्यसको पहिचान गरेर त्यस विरुद्ध जनचेतना देखि खबरदारीसम्मका कार्यमा पार्टी पंक्तिलाई नियमित सकृय तुल्याउने।
१४.८) `ज्येष्ठ नागरिक सम्मान´ देखि `कर्म सम्मान कार्यक्रम´सम्म
समाजका पुराना अग्रज, शहीद परिवार, द्वन्दकालका घाइते, अवकास प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्दमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान।
१४.९) कांग्रेसलाई `जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्´, नागरिक पंक्तिबाट सुझाव
लिने।
१४.१०) MCC भ्रम निवारण र वास्तविकता प्रशारणका लागि प्रशिक्षणात्मक कार्यक्रम संचालन गर्ने। (पार्टी + प्राध्यापक संघ, ट्रेड युनियन, शिक्षक संघ, डिएलए, प्रेस युनियन)
१४.११) मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने।
१४.१२) निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरि, पार्टी पंक्ति र जनता समक्ष पनि आचारसंहिताबारे विस्तारित रुपमा सुसूचित गर्ने।
१४.१३) निर्वाचनमा पार्टीका उम्मेदवारहरुको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृस्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित `वन बुथ हन्ड्रेड युथ´ को अवधारणा बमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने, संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने।
१४.१४) मतदाता शिक्षा : मतदाताकै घर आँगनमा
(पार्टी + महिला संघ + शिक्षक संघ)
(पालिका र वडाका कार्यक्रम वडाको भूगोल, जनसंख्या, स्थिति र आवश्यकता अनुरुप वडा हुंदै टोल र टोल हुँदै घर-घर सम्म विस्तारित हुनेछ)
१५) अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरुको भूमिका
क) केन्द्रीय समिति कृयाशिल रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरुले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँड गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने।
ख) केहि भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ति संघ अन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने।
ग) भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने।
१६) अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरुको भूमिका
क) सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने।
ख) समिति अन्तर्गत स्थानीय तह संरचनाको राजधानी सम्पर्क विस्तार गर्ने।
ग ) राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिक बीच सम्पर्कमा पुग्ने।
१७) अभियानमा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुको जिम्मेवारी
क) विदेश स्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई मातृभूमिमा हुन लागेको स्थानीय चुनावमा आ-आफ्नो स्थानीय तहमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सकृय बनाउने लगायत मुलुक को समसामयिक राजनीतिक परिस्थिति का बारे पनि आम कार्यकर्ता हरुलाइ प्रशिक्षित गराइएको जानकारी नेपाली कांग्रेसका केन्द्रीय नेता एबं केन्द्रीय प्रतिनिधि ,किरण गिरीले डोटी जिल्ला , सुदुरपश्चिम प्रदेश नेपाल बाट दिनुभएको छ ।