२०८१ आश्विन ६ , आइतवार

एमाले पोखरा १९ मा टोल कमिटी गठन

शिशिर पौडेल/ पोखरा । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले टोल कमिटी गठनलाई तिव्रता दिएको छ । एमाले वडा कमिटी पोखरा १९ ले आगामी वर्ष हुने ३ तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन तथा कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिएको जनाएको छ ।

 

हालसम्म वडा भित्र १० भन्दा बढी कमिटी गठन भइसकेको र अभियानलाई निरन्तरता दिएको नेता डिल्लीराम पौडेलले जानकारी दिनुभयो । पछिल्लो समयमा साविकको लामाचौर गाविस वडा नं ७ र ८ को संयुक्त भेलाले पोषराज पौडेलको अध्यक्षतामा १९ सदस्यीय ७ नंवर टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शारदा पौडेल, सचिवमा नारायण अधिकारी, उपसचिवमा एकनाथ पौडेल र विमला पौडेल तथा मन बहादुर सुनार को अध्यक्षतामा १७ सदस्यीय ८ नम्बर टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा वविता सुनार, सचिवमा गोपाल पौडेल, उपसचिवमा यादव सुनार र थम व सुनार चयन हुनुभएको स्थानिय नेता बैकुण्ठ पौडेल ले जानकारी दिनुभयो । वडा कमिटी का अध्यक्ष विष्णु प्रसाद गौतम को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी का सदस्य दिपक पौडेल ले आसन्न निर्वाचनको तयारी तिब्र बनाउन र जनताको घरदैलोमा पुगेर जन आवाज सुन्न आग्रह गर्नुभयो ।

 

प्रदेश कमिटी का सदस्य एवं वडाध्यक्ष शोभा मोहन पौडेल,नेता हुतराज पौडेल, जिल्ला सदस्य अर्जुन अधिकारी,ईमानराज पौडेल,महानगर कमिटी सदस्य एवं ईन्चार्ज कृष्ण गौतम, सचिवालय सदस्य शेखर गौतम, लध्क्ष्मी अधिकारी, पुर्व सदस्य डिल्लीराम पौडेल, ऋषि पौडेल, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश विक, नेता वैकुण्ठ पौडेल र सचिव विकास गौतम लगायतले जनताको पक्षमा काम गर्ने पार्टी कहिल्यै कमजोर नहुने बताए। एमाले पोलिटब्यूरो सदस्य एवं पुर्व मन्त्री जगत वहादुर सुनारको जन्म स्थान भएकाले पनि यसपाली को निर्वाचनलाई यहाँ विशेष महत्वका साथ हेरिएको छ ।