२०८१ पुष १२ , शुक्रवार

सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्घाश्रम तथा अस्पतालमा आर्थिक सहयोग प्रदान

सुनाखरी न्युज/ काठमाडौं । सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरिय बैंकिङ्ग सेवातथा सुविधादिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल रुस्९,००,०००र(अक्षररुपीस्नौंलाख रुपैयाँ मात्र आर्थिक सहयोग प्रदान गरेको छ ।

 

आउँदै गरेको बैशाख७गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ। यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालयतथा श्री कालिकाप्राथमिकविद्यालय, सिमिकोट जिल्लाको श्री बालमन्दिर माध्यमिक विद्यालय तथा श्री मानसरोवर माध्यमिकविद्यालय, डोल्पाजिल्लाको श्रीबालमन्दिर आधारभूतविद्यालय,श्री गौरी आधारभूतविद्यालयतथाश्री आदर्श माध्यमिकविद्यालय, मुगु जिल्लाको माहाकालीमोडल हाई स्कूलतथा नेपाल राष्ट्रिय आधारभूत स्कूलबालमन्दिर प्रत्येकलाई रुस्५०,०००र(अक्षररुपीस् पँचास हजार रुपैयाँमात्र साथै जुम्लाजिल्लाको श्री जनतामाध्यमिकविद्यालय प्राबिधिकधार लाई रुस्१,००,०००र(९अक्षररुपीस् एक लाख रुपैयाँमात्र०साथसाथैहुम्लाजिल्लाको श्री लालिगुँराशमा.वि, श्री कोट मा.वि तथा श्री हिमज्योतीमा.विप्रत्येकलाई रुस्३३,३३३र(अक्षररुपीस् तेत्तिस हजार तिन सय तेत्तिस रुपैयाँमात्र हस्तानतरण गरेको छ।

 

विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिकविकाशहुन सकेमामात्रै उनीहरु पूर्ण मानवबन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिकतथाभौतिक रूपमा सबल बनाउनआर्थिक सहयोग प्रदान गरेको छ । यस सहयोगबाट सामाजिकअपहेलना र तिरस्कार भोगेर जीवनयापनगरिरहेका जनजाती, दलित र दयनीयआर्थिक अवस्थाभएकाबालबालिकाहरुको मनोवलथपउच्चहुने विश्वास बैंकले लिएको छ।

 

साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाशमानशरोभर चिल्ड्रेन अफहुम्लातथासुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई रुस्५०,०००र(अक्षररुपीस् पँचास हजार रुपैयाँमात्र हस्तानतरण गरेको छ । यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवापुग्ने छ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनिउपलब्ध गराउन मद्दत गर्नेछ। साथै बैंकले डोल्पाजिल्लाको जिल्ला हस्पिटल डोल्पार सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई रुस्५०,०००र( अक्षररुपीस् पँचास हजार मात्र हस्तानतरण गरेको छ । यस रकमत्यहाआवश्यकविभिन्नसर सामानहरु ख्रिद गर्नका लागीउपयोग हुनेछ।

 

साथै निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको योजना रहेको छ। नेपाल सरकारले अवलम्बन गरेको ’सम्मृद्ध नेपाल र सुखी नेपाली’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।