सुनाखरी न्युज/ काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’ देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी सुरु गरेको छ ।
आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ,गोल्डेन गूगल यातायातका सन्चालकश्री रजन रोक्का, प्राईम यातायातका श्रेष्ठ, साथै अन्ययातायात छेत्रकाविशिष्ट व्यक्तित्वहरुको उपस्तिथीमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटी समुद्घाटन गरिएको हो ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरु लाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्मछुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेक अपपनिउपलब्धहुनेछ । यस सर्भिस क्याम्पको दौरानग्राहकवर्गहरुले विभिन्नआकर्षक उपहारका साथ साथै फ्रि गाडी वासिङ्ग, फ्रिटिसर्ट, १ लिटर सम्मको फ्रिइन्जिन आयल र कुलेन्ट टप–अपपनिलिन सक्नेछन् ।
यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा सानाकमर्सिएल भेइकलकाकुनैपनिमोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहकवर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्तगर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् । सुरक्षित गाडीका लागिजेन्युअन पार्टस् प्रयोग गरौँभन्ने नाराका साथ सुरु भएको यस योजनाचैत६ देखि११गतेसम्ममात्रलागु हुनेछ ।
आइएमई मोटर्सले ग्राहकवर्गको निम्तिविभिन्न नौलो योजनाल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनिग्राहकहरुलाई विभिन्न सुविधाप्रदानगर्ने लक्ष्यलिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस सेन्टरहरु बाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफलमात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।