सुनाखरी न्युज/ काठमाडौं । इटालीको उत्कृष्ट बाइक, बेनेली ले नयाँ क्याम्पेन अन्तर्गत “सोझै २५,००० क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५,००० सम्मको नगद छुटको घोषणा गरेको छ । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नुहुनेछ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ । ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लसर टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।
सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५०अअ देखि७५२अअ सम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ । नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा –TNT15– आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र EFI इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ, 180S– आक्रामक तर आरामदायी छ,TRK251– प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि यसकोडिजाइन गरिएको हो, र अन्त्यमा 752S– जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ ।
बेनेलीले भर्खरै ९४ किलो तौल सहित थुप्रै सुविधाहरु रहेको Panarea 125नेपालमा उपलब्ध गराएको छ । बेनेलीको सुझावमा यसका उत्पादनहरुको आफैं टेस्ट राइड गरेर परिक्षण गर्नुहोस् र यसमा रहेको फरक अनुभूति लिनुहोस् । नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लाििग विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७,००० भन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ । ६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि. नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।
बेनेलीको बारेमा
पियोर प्यासन सिन्स १९११ । बेनेली यो भन्दा अझ धेरै हो ११० वर्षभन्दा धेरै अघि देखि ग्राउन्डब्रेकिङ मोडलहरु मार्फत लिजेन्डरी बन्दै, प्रविधिमा परिष्कृत भइ विश्व प्रसिद्ध राइडरहरुको पहिलो रोजाइबनेकोबेनेली सबैभन्दा पुरानो २ इटालियन मोटरसाइकल ब्रान्डहरु मध्ये एक हो । बेनेलीले स्ट्रिट बाइक र डर्ट बाइक मात्र हैन, बलियो र स्पोर्टी प्रिमियम, बिग–बोर स्पोर्ट र न्याकेड बाइकहरु पनि उत्पादन गर्दछ ।
बेनेली मोटरसाइकल र स्कुटरहरु राइडरहरुको विभिन्न आवश्यकताहरु पूर्ति गर्दै राइडिङ अनुभव र सुरक्षा पनि प्रदान गर्दछ । यिनीहरुले फर्म र फंक्सनको संयोजनको पनि प्रतिनिधित्व गर्दछ । बेनेली मोटरसाइकल र स्कुटरहरुको प्रदर्शन उत्कृष्टता भन्दा धेरै छ । हामी बेनेली मार्फत ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दछौं ।
Price List:
S.NO. | Model | Segment | New Price |
1 | TNT135 | POWER & STYLE | 275,000 |
2 | TNT15 | PREMIUM | 254,900 |
3 | PANAREA 125 | SCOOTER PREMIUM | 334,900 |
4 | TNT150I | PREMIUM | 377,900 |
5 | 180S | PREMIUM PLUS | 449,900 |
6 | 180S (NEON) | PREMIUM PLUS | 459,900 |
7 | TRK251 | TOURER | 824,900 |
8 | 302S (NEON) | PREMIUM PLUS | 1,074,900 |
9 | 302S | PREMIUM PLUS | 1,049,900 |
10 | 600I-2020 | PREMIUM PLUS | 2,358,000 |
11 | 752S | PREMIUM PLUS | 2,515,000 |