२०८१ मंसिर ७ , शुक्रवार

टिगोर इभीबन्यो ‘भ्युअर्स चोइस इभीअफ द इयर २०२२’विद्युतीय टिगोर बन्यो ग्राहकहरूको पहिलो रोजाइ

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सको उत्पादनविद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभीअफ द इयर’ उपाधिबाट सम्मानितभएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।

 

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गतवर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो। सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पायो। गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकहरू माझ लोकप्रिय छ। विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंकपाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंक मध्ये ३७.२४ अंक पाएको हो।

 

जिपट्रोनप्रविधिमाआधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्चउर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ। यसमाभएको आइपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपीपावर र १७० एनएम टर्क जेनेरेट गर्छ। विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ। त्यो भनेको यसमाभएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसबाहेक ब्याट्रीलाई १५ एएमपीप्लगअर्थात् घर वाकार्यलयमाहुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ। यसले गर्दा पनिग्राहकहरूलाई विद्युतीय टिगोर रोज्न लोभ्याउँछ।

 

ग्राहकहरूको रोजाइको इभीबन्न सफल विद्युतीय टिगोरलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ। जसमालामो यात्राको लागिआवश्यक सामग्रीहरू पनि सहजै अटाउन सकिन्छ। विद्युतीय टिगोर डेटोन ग्रे र टिल ब्लू (निलो) गरी दुई वटा रंग विकल्पमाउपलब्ध छन्। परिक्षणअनुसार विद्युतीय टिगोरले एक पटकको पूरा चार्जमा ३०६ किलोमिटर सम्मको माइलेज दिन्छ। विद्युतीय टिगोरमा ७इन्चको हर्मान इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। यसमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू पनि छन्।

 

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले विद्युतीय टिगोरमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ। त्यसैले गर्दा पनि गाडी ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफलभएको बुझिन्छ। भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। टिगोर इभीएक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध छन्।