२०८१ आश्विन ६ , आइतवार

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं –

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा करिश्मालाई पार्टी  अध्यक्ष केपी शर्मा ओलीले मा स्वागत गरे ।

 

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् ।

 

सोही कार्यक्रमबाट पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुन् ।