२०८१ आश्विन १३ , आइतवार

अभिनेता पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता

सुनाखरी न्युज/ काठमाडौं –

अभिनेता पूर्णविक्रम शाह उर्फ (पल शाह)विरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोग–पत्र दायर भएको छ ।

 

एक किशोरी गायिकाले दिएकी उजुरीका आधारमा अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयल अभियोग–पत्र दायर भएको हो ।अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जनाएको छ ।

 

सरकारी वकिल कार्यालयका अनुसार अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । उक्त दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । गत फागुन ११ गते किशोरी गायिकाले आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।