सुनाखरी न्युज/ काठमाडौं –
भारतका पाँच राज्यको निर्वाचन सकिए लगत्तै खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । आयल कम्पनीले पनि घरेलु ग्यास सिलिण्डरको मूल्य ५० रुपैयाँ बढाएको छ ।
जसका कारण बिहार, मध्य प्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ केजीको गैर–सब्सिडी सिलिण्डरको भाउ १ हजार नाघेको छ । पटनामा १०४८ रुपैया भारुमा पाइएको छ । दिल्लीको कुरा गर्ने हो । अब यहाँ १४.२ किलोको गैर–सब्सिडी सिलिन्डर ९४९.५० रुपैयाँमा उपलब्ध हुनेछ ।
१ मार्च २०२१ मा दिल्लीमा घरेलु ग्यास सिलिन्डरको मूल्य डज्ञढ रुपैयाँ थियो । जुन अहिले ९४९.५० रुपैयाँ भारु पुगेको छ । अर्थात् पछिल्लो एक वर्षमा खाना पकाउने ग्यास सिलिण्डरको मूल्य १३० दशमलव ५० रुपैयाँ भारुले बढेको छ । योसँगै यसमा दिइने अनुदान पनि खारेज गरिएको छ ।
पछिल्लो ८ वर्षमा घरेलु ग्यास (१४.२ केजी)को मूल्य दोब्बरले बढेर प्रति सिलिन्डर ९४९.५० पुगेको छ । १ मार्च २०१४ मा १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरको मूल्य ४१० दशमलव ५ रुपैयाँ थियो जुन अहिले ९४९.५० रुपैयाँ छ । एजेन्सी