२०८१ आश्विन ५ , शनिवार

धीरज राईको ‘लुकी लुकी’ गीतको नयाँ भिडियो सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

 

ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा धीरजकै शब्द तथा संगीत छ भने रविन दर्शनधारीले एरेन्ज गरेका छन् ।

 

यो डान्सिङ नम्बरको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा अभिनेत्री आँचल शर्मा र डेलविस फिचर्ड छन् । भिडियोका निर्माता दिनेश दर्शनधारी र यशोदा राई हुन् ।