२०८१ आश्विन ६ , आइतवार

निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने : युवा नेता पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका छन्।

 

राजनीतिशास्त्री समाजद्वारा काठमाडौँको पीके क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका हुन्। ‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दैन।’

 

नेता पौडेलले भने। जनता र नजजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो। ‘विचार, विषयसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेले भने। २०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरतका निम्त भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे।

 

‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो। चुनाव जितेपछि उहाँ जत्ति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन। स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ।’