२०८१ आश्विन १३ , आइतवार

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालीन बन्द,यस्तो छ कारण 

सुनाखरी न्युज/ काठमाडौं –

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।

 

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने जानकारी दिए । विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।