२०८१ मंसिर ९ , आइतवार

नेप्से दोहोरो अंकले घट्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २०.६३ अंकले घटेर दुई हजार ६ सय ३० दशमलब ६ विन्दुमा रोकिएको हो ।

 

मंगलबार नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज २ अब ४ करोड ४३ लाख बराबरको कारोबार भएको छ । मंगलबार २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ३० वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १५५ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

 

यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६९१.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज बुद्धभुमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

 

यी कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको आज ८ करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।