२०८१ कार्तिक १६ , शुक्रवार

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । आजदेखि चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ, जुन चैत १२, २०७८ सम्म सञ्चालनहुनेछ । आजआयोजित एक उद्घाटन कार्यक्रममानबिल बैंकका अध्यक्ष तथा‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशियाप्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।

 

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुखकार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिनभोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुनदिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानीनगरेको भएयति परिवर्तन नहुने दाबी गरे । “कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभावभन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानीगर्नेहो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्यश्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

 

नबिल बैंककाप्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए । शाहलेआफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदातपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भएकिनयुवाविदेश जानुप¥थ्यो, । घरजग्गा र सेयरमाकर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्नभन्ने गरेको सुनिन्छ, उनले सुनाए । “नबिल बैंकले ‘नबिलदिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमाकिसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसानसाउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केहीहँुदैन बीजचाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिजभए पुग्छ भन्दामलपनिचाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनिचाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनिचाहिने रहेछ भन्ने गुनासो आयो ।”

 

उनले बैंकहरु कर्जा दिनतयार भएपनिनिक्षेपकर्ताको पैसा लगानीगर्दा त्यसको सावाँ र थोरै ब्याजफिर्ता हुने सुनिश्चितताखोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याजमात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानीगर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमालगानीगर्ने भनेर अगाडी बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जबसम्मलगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिदैन लगानीगर्न समस्या हुन्छ।”

 

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्मइकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए ।“अबत्यो ‘इको सिस्टम’बनाउन बैंकहरु अगाडी बढ्छ ।५० हजार, ५ करोड र ५० करोडको लोन चाहिएपनि पछि हट्दैन। तर, हामी सावाँ र थारै ब्याज उठ्छभन्ने वातावरण देख्न चाहन्छौं ।”