२०८१ पुष ८ , सोमवार

विश्ववित्तिय सप्ताह अन्तरगत प्रभु क्यापिटलको विभिन्न कार्यक्रमहरु सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनिविक २०२२ अन्तरगत विभिन्न स्थानहरुमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

 

क्यापिटलले मिति २०७७ चैत्र ०८ गते मंगलबार हेराल्ड कलेज काठमाण्डौका स्नातकतह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले सञ्चालन गर्नु भएको थियो ।

 

यसैगरी क्यापिटलले काठमाण्डौ उपत्यका बाट नजिकै रहेता पनि पहूँचका हिसाबबाट विकट रहेको ललितपुर जिल्ला अन्तरगतको बागमति गाउँपालिका वार्ड नं. ५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का १०+२ का विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरु लाई यहि चैत्र ०९ गतेका दिन१ दिने आधारभूत शेयर तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

 

ग्लोबल मनिविक २०२२ को उपलक्ष्यमा आयोजित कार्यक्रम जनजागृति उच्चमा.वि.को तालिमहलमा सम्पन्न गरिएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गर्नु भएको थियो ।