२०८१ आश्विन १३ , आइतवार

पुल भाचिँदा ट्याक्टर चालकको मृत्यु

सुनाखरी न्युज/ मकवानपुर –

हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

 

बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्याक्टर राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटनामा परेको थियो।

 

स्याङ्तान ट्याक्टर चालक हुन्। उनको शव पानीमुनि ट्याक्टरले चापिएको अवस्थामा आज बिहान ३ः३० बजे फेला परेको प्रहरीले जनाएको छ।  रासस