२०८१ पुष १२ , शुक्रवार

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

सुनाखरी न्युज/ काठमाडौं –

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।

 

नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।

 

अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १० वर्षको कब्जामा रुसका लगभग १५ हजार सैनिक मारिएका थिए ।

 

युक्रेन पनि आफ्ना मारिएका व्यक्तिको आँकडाको विषयमा अस्पष्ट रहेको छ । युक्रेनका राष्ट्रपतिले दुई हप्ता अघि १३ सय युक्रेनी सैनिक यो युद्धमा मारिएको बताएका थिए ।  एजेन्सी