सुनाखरी न्युज/ काठमाडौं –
तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् ।
विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ, उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ ।ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल एकातिर फाइबरको राम्रो स्रोत हो भने यस्तै ओखरमा फाइबरका साथै फ्याट र प्रोटिनको राम्रो स्रोत हुन्छ । तौल नियन्त्रणका लागि यो निकै राम्रो सम्मिश्रण मानिन्छ ।
पिनट बटर र केलाः
पिनट बटर सँथै केला खाँदा हाम्रो शरीरले असाध्यै धेरै पोषक तत्व पाउँछ । यो गुड कार्ब्स, हेल्दी फ्याट र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । जसलाई तीब्र रुपमा तौल कम गर्न मन लागेको छ, उनीहरुले यो सम्मिश्रणलाई अपनाउनुपर्छ ।
दही र बेरिजः
शोधमा यो प्रमाणित भइसकेको छ कि दहीले तौल घटाउन निकै सहयोग गर्छ किनभने यसमा क्याल्सियम, भिटामिन डी, प्रोटिन र अमिनो एसिडको सम्मिश्रण पाइन्छ । पानीको मात्रा अत्यधिक भएको बेरिजसँग दहीको सेवन गर्दा तौल घटाउने गतिलाई बढाउन सकिन्छ ।
अण्डा र क्याप्सिकमः
प्रोटिनको राजा भनिने अण्डाले हाम्रो मेटाबोलिजमलाई बुस्ट गर्ने काम गर्छ । भिटामिन सीयुक्त क्याप्सिकमसँग अण्डा खाँखा हाम्रो भोक लामो समयसम्म शान्त रहन्छ भने शरीरमा जमेको बोसो पनि तीब्र रुपमा कम हुने गर्छ ।
दाल भातः
दाल प्रोटिनको निकै राम्रो स्रोत हो । जबकी भातमा हुने कार्ब्सले हाम्रो शरीरलाई भरपुर ऊर्जावान् राख्छ । तौल घटाउन चाहनेहरुका लागि यी दुईको सम्मिश्रण निकै राम्रो मानिन्छ । एजेन्सी