२०८१ आश्विन १३ , आइतवार

आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा विजयी

सुनाखरी न्युज/ काठमाडौं । आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा विजयी हुनुभएको छ । बिहिबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा बालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो ।

 

अधिवेशनमा एमाले र कांग्रेस गठबन्धन बनेको थियो । अध्यक्षमा गेल्जे लामा शेर्पा कांग्रेस प्यानलबाट निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा एमालेबाट निर्वाचित हुनुभएको हो । एमाले, कांग्रेस एकातिर र माओवादी, संघीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो ।

 

बिहिबार राति सम्पन्न निर्वाचनमा २१ जना पदाधिकारी अध्यक्ष र महासचिवमा मात्रै मतदान भएकोथियो ।