२०८१ आश्विन ५ , शनिवार

चैत २५ देखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा

सुनाखरी न्युज/ काठमाडौं –

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ यही चैत २५ देखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले डीएआर मुभिजले महोत्सव गर्न लागेको हो ।

 

महोत्सवमा प्रतियोगिता र जिल्लाको स्थानीय कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिने भएको छ ।  दर्शकले निःशुल्क रुपमा महोत्सव अवलोकन गर्न पाउने भएका छन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारको सहभागिता हुने जनाइएको छ ।

 

प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।