२०८१ आश्विन ५ , शनिवार

कोरोना अपडेटः थप ८ जनामा कोरोना संक्रमण, २१० जना कोरोना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९७ पीसीआर परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

 

९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो ।