२०८१ आश्विन ६ , आइतवार

राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ : नेता पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफूहरुले नयाँ राजनीतिक संस्कृतिको विकास गर्न चाहेको बताएका छन् । राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ ।

 

नेपाली काँग्रेस स्याङ्जाको बिरूवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘हामी राजनीतिमा नयाँ संस्कृतिकको विकास गर्न चाहन्छौँ ।’ उनले आगामी चुनावमा कसैलाई हराउने भन्दा पनि पार्टीले जित्ने उद्देश्य भएको बताए । उनले अबको प्रतिस्पर्धा मुद्दामा आधारित हुनुपर्नेमा पनि जोड दिए ।

 

पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धी दिन नसक्ने पनि बताए । ‘‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ। निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धी दिन सक्दै,’ उनको भनाइ छ । उनले अबको एजेण्डा आर्थिक विकासको हुनुपर्नेमा पनि सो क्रममा जोड दिए ।