२०८१ आश्विन १२ , शनिवार

पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

 

विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा. हेमनाथ घिमिरेका छातीभित्र देश दुख्दा , महिना र ऋतु तथा बादलपानी तीन कृति लोकार्पण गरिएको हो । ८३ वर्षकी आमा इन्दिरा ज्ञवाली , लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली , डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिरे लगायतलबाट कृति लोकार्पण गरिएको हो । छातीभित्र देश दुख्दा कविता सङ्ग्रहका कवितामा देशप्रेमको भावना भएको कुरा वक्ता रामबाबु सुवेदीले व्यक्त गरे । गायक सुदर्शन राणाले हेमनाथका गीत गाए । लक्ष्मी घिमिरे ,शिवन्या भट्टराई,सात्वना तिमिल्सिनाले कविता वाचन गरे ।

 

डा. शेखर कुमार श्रेष्ठ ,प्रकाश लामिछाने, अनुपमा रेग्मी, पूर्व सचिव विजयराज भट्टराई , कवि रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिए । लेखक हेमनाथले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली , प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिँदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाद्वारा गरिएको थियो ।