सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइ राखेको ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजी बजार तर्फका संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा ज्यूतथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली ज्यु विशेष अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।
कार्यक्रमको सभापतित्व प्रभु क्यापिटलका प्रबन्धनिर्देशक श्री दिनेश थकालीले गर्नुभएको थियो । क्यापिटलले काठमाण्डौ उपत्यका भित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिएतहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल १२५ अंक सहित काठमाण्डौ युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंक सहित साउथ एशियनइ न्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेश्रोमा७५ अंक सहितएपेक्स कलेज र युनिग्लोब कलेज बीच टाई भएकोमा थप प्रश्नको सहि उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाण पत्रपत्रका साथै सहभागी विद्यार्थीहरु लाई रु. १० हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिट प्रदान गरिएको छ । त्यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरु लाई रु. ५ हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिटप्रदानगरिएको छ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगीविद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको छ ।