२०८१ आश्विन १४ , सोमवार

चैत २५ देखि देशभर सुरु हुँदै टाइफाइड खोप अभियान

सुनाखरी न्युज/ काठमाडौं – सरकारले चैत २५ गतेदेखि देशभर टाइफाइड बिरुद्दको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ।

 

नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

खोप सञ्चालन हुने स्थान, मिति र समय बारे भने स्थानीय रेडियो, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयबाट जानकारी गराइने मन्त्रालयले जनाइएको छ।