सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।
३ हजार ७ सय ८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको सङ्ख्या २ सय १५ जना रहेका छन् भने हाल देशभर १ हजार ५ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।