२०८१ आश्विन ६ , आइतवार

वडा नम्बर २५ र २६ मा अटेरी उम्मेदवारको उम्मेदवारी घोषणा

सुनाखरी न्युज/ पोखरा । देशव्यापी बन्दै गएको अटेरी अभियानमा उम्मेदवार थपिने क्रम जारी छ । पोखराबाट सुरु भएर देशव्यापी बनेको यो अभियानमा पोखराका थप दुई वडामा उम्मेदवार थपिएका छन् ।

पोखरा महानगरको २५ र २६ वडामा अटेरी उम्मेदवार थपिएका हुन् । वडा नम्बर २५ मा सोमनाथ अधिकारी र २६ मा नवीन ढुंगानाले उम्मेदवारी सार्वजनिक गरेका हुन् । ‘अटेरी उम्मेदवारी दिने साथीहरु थपिँदै हुनुहुन्छ । पोखराको २५ र २६ नम्बर वडामा दुई जना साथीहरुले उम्मेदवारी दिनुभएको छ,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने ।

 

पोखराबाट गनेस पौडेलले सुरु गरेको यो अभियानमा अहिले देशका विभिन्न भागबाट अटेरी उम्मेदवारी दिनेको संख्या थपिँदै छ । पोखराबाट यस अभियानमा जोडिने अभियन्ताहरुले १९ गते पत्रकार सम्मेलन गरेर आफ्ना योजना सार्वजनिक गर्दै छन् ।