सुनाखरी न्युज/ काठमाडौं । विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले, ईटहरीमाअर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ । रियलमी नेपालका कन्ट्री हेड श्री मुनिषगिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गर्नुभयो ।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै श्री गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधनभएकाले रियलमीले सेवाग्राहीको सुविधामाध्यानदिएको बताउनुभयो । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवाउपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे । पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल, सुन्धारा काठमाडौँमाअवस्थित छ ।
रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरु माझविक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ । यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिपफोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदानगरिनेछ ।
जगदम्बामोबाइलका नेशनल सेल्स हेडकुनाल सिंहकाअनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुखव्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो । उहाँकाअनुसार विराटनगर, धरान, बिर्तामोड लगायतकाग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवालिन सक्ने बताए । रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रहीअग्रणी सेवादिने दावी गरेको छ ।
रियलमीको बारेमा
रियलमी एक टेक्नोलोजी ब्रान्ड हो, जसले विश्वव्यापीप्रयोगकर्ताहरुकालागिउत्कृष्ट अनुभवका साथ टेक्नोलाजीउत्पादनहरु प्रदानगर्दछ ।कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ माआधिकारिक रुपमायसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभवकम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदानगर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
काउन्टर पोइन्ट रिसर्चका अनुसार, २०२१ को दोस्रो क्वाटरमा रियलमी जिटी सिरीज, नार्जो सिरीज र सी सिरीजलगायतका ईन्ट्री लेभल देखि फ्लागशिप सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोको साथविश्वको नम्बर ६ ब्रान्ड बनेको छ । भारतीयबजारमा ५जील्याउने रियलमीपहिलो स्मार्टफोन हो । फेब्रुअरी २०१९ मा रियलमीह्छण्प्रो५जी र २०२१ को दोस्रो क्वाटरमा २३% शेयरको साथभारतको शीर्ष ५जी ब्रान्ड बनेको छ ।