२०८१ कार्तिक १६ , शुक्रवार

भारतले सस्तोमा रुसी तेल लिने, चीनले पनि छुटमा तेल किन्ने

सुनाखरी न्युज/ काठमाडौं –

रुसले युक्रेनमा अतिक्रमण गरेपछि मार्चदेखि भारतमा हुने रुसी तेलको आपूर्तिमा वृद्धि भएको छ । नयाँ दिल्लीले मस्कोबाट अझै सस्तो तेल लिने भएको औद्योगिक अवलोकनकर्ताहरुले बताएका छन् । चीन पहिलेदेखि नै रुसी तेलको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो । उसले पनि रुसबाट व्यापक छुट मूल्यमा धेरै तेल किन्ने अपेक्षा गरिएको उनीहरुले बताएका छन् ।

 

यसको अर्थ अन्य मुलुकमा कच्चा तेलको मूल्य उच्च हुन सक्छ । प्रमुख तेल आयातकर्ता मुलुकहरु भारत र चीन कच्चा तेलको उच्च मूल्यबाट प्रभावित भइरहेका छन् । मूल्य गत वर्षदेखि नै वृद्धि भइरहेको थियो । पछिल्ला साताहरुमा तेलको मूल्य अस्थिर भएसँगै यो १ वर्षभन्दा अगाडिको तुलनामा ८० प्रतिशत हाराहारीमा उच्च रहेको छ । ‘चीन र थोरैमात्र बढी भारतले पनि ठूलो छुटमा रुसी कच्चा तेल किन्ने कदम अगाडि बढाउन सक्छ,’केप्लरमा प्रमुख तेल विश्लेषक म्याट स्मिथले बताएका छन् ।

 

 

यो रुसी तेल छोड्ने प्रमुख विश्व शक्ति र कम्पनीको बयानबाजीसँग बिलकुल विपरित हुने छ । युक्रेनमाथि रुसको आक्रमणलाई आधार मान्दै अमेरिकाले रुसको उर्जामा प्रतिबन्ध लगाएको छ । बेलायतले पनि वर्षको अन्त्यमा यस्तै गर्ने योजना बनाएको छ । युरोपेली संघले पनि रुसी उर्जा किन्न वा नकिन्ने बिचार बनाइरहेको छ । तर रुसले पनि अधिक मात्राको तेल बिक्री गर्न असफल हुने भएपछि प्रतिबन्धले बजारमा खाली ठाउँको स्थान लिने विश्लेषकहरुले बताएका छन् । एजेन्सी