२०८१ मंसिर ११ , मंगलबार

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताह को उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमहरु संचालन

सुनाखरी न्युज/ काठमाडौं । बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनिविकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ ।

 

यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्नक्रार्यक्रम संचालन गरेको छ । जसमाप्रदेश नं १ को लक्ष्मीहाईयर सेकेण्डरी स्कूल, हल्दीबारी , मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मतीप्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल,देविघाट, नुवाकोट , गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरता काकार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने क्रार्य गरिएको छ।

यस क्रार्यक्रमाउपस्थितविधार्थीवर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीजनहरुमावित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइृएको थियो। नगद कारोबार, लेनदेनतथाविप्रेषण जस्तावित्तिय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उत्त कार्यक्रमबाट आग्रहगरिएको छ । यसबाट बैंकिङ्ग प्रणालि मजवुतहुने विश्वास बैंकले लिएको छ।

 

डिजिटल बंैकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नाआदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवातपनि गरेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्तगर्ने जस्ता सेवा बैककाकर्मचारीको सहयोग बिना नै प्राप्तगर्न सक्नुहुनेछ ।

 

साथसाथै यस बैंकका ग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंककाग्राहक सेवा प्रतिनिधिहरु सँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ ।

 

यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।