सुनाखरी न्युज/ काठमाडौं । कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ। अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।
नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साहथप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र OOH (आउट अफहोम) आदि समावेश छन् ।
लन्चको बारेमाबोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ। यो नयाँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनु हुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो,“हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागिथपविकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझपु¥याउननिकै उत्साहित हुनुहुन्छ ।” यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्धहुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५००एमएलको प्याकमानेपालभर उपलब्ध छ ।