सुनाखरी न्युज/ काठमाडौं । एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओपोलाई “डिस्रप्टिभ डिभाइस इन्नोभेशन” अवार्डद्वारा सम्मानित गरिएको छ ।
फाइन्ड एनमा रहेको हिन्ज एण्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओपोलाई प्रदानगरिएको हो । अवार्डको घोषणा मोबाइल वल्र्ड लाइभमार्फत साशा ट्विनिंग र जन्टिन स्प्रिंघमद्वारा सह–प्रायोजितभर्चुअल समारोह मार्फत गरिएको हो । समारोहको स्ट्रिमिंग विश्वभरकादर्शककालागि लिंक्डइन मार्फत गरिएको थियो ।
“यस बर्षको जीएलओएमओमा फाइन्ड एनकालागि डिस्रप्टिभ डिभाइस इन्नोभेशन अवार्डद्वारा सम्मानितहुनपाउँदाहामीनिकै गौरवान्वित छौँ । ओपोकाउत्पादनतथाप्रविधिकालागिऔद्योगिक क्षेत्रकामित्रहरुका साथै स्वयम् प्रयोगकर्ताद्वारा प्राप्त ठूलो पहिचानका रुपमाहामीले यसलाई लिएका छौँ ”, ओपोकाओभरसिज सेल्स एण्ड सर्भिसकाउपाध्यक्षबिल्लीच्यांगले भने, “आर एण्ड डीका चार बर्ष र ६ पुराबृत्तिपश्चातप्रविधि प्रेमीहरुका साथै सर्वसाधारण जनताकालागि समेत दैनिकउपयोगिताकालागिओपो फाइन्ड एनमार्फत फोल्डेबल उपकरणले सार्थकतापाएको देख्न पाउँदाहामीहर्षित छौँ । ओपोमाहामीले गर्ने हरेक कार्यहरु प्रयोगकर्ताको अनुभवमाथि केन्द्रितहुनेगर्छन् । भविस्यमापनियसलाई निरन्तर्ता दिँदै आममानिसलाई प्राविधिकनवप्रबर्तन मार्फत प्रयाक्टिकल भ्यालु कसरी पस्कन सकिन्छ भन्ने अन्वेषण जारी नै राख्नेछौँ ।”
“जीएलओएमओको कठिन मूल्यांकन प्रक्रियाकाकारण यो अवार्ड औद्योगिक जगत्मानिकै सम्माति रहेको छ” जीएलओएमओकाप्रमुख निर्णायकतथा सीसीएस इनसाइटका कार्यकारी अध्यक्षशाउनकोलिन्सले भने, “ओपोको फोल्डेवल फाइन्ड एनमा रहेकानवप्रबर्तनबाट निर्णायकहरु अतिप्रभावितभएका छन् । ओपोको यस प्रविधिलाई टिकाउपना र तिब्र गतिमा परिपक्वताउन्मूखबजार उपयोगिताकालागि निर्णयकहरु विशेष प्रभावितभएका छन् । ओपोद्वारा बजारमा रहेको सर्वाधिकमितब्ययी ठूलो फोल्डेवलफोन मार्फत यसको प्रस्तुतिलाई पनिविशेष प्राथमिकताका साथ मध्यनजर गरेका छन् ।”
सीसीएस इनसाइटका कार्यकारी अध्यक्ष शाउनकोलिन्सको अध्यक्षतामाजीएलओएमओ अवार्ड्को सह–निर्णायक मन्डलीमा २०० स्वतन्त्रऔद्योगिकविशेषज्ञ, अन्वेषक, पत्रकार, शिक्षाविद्, मोबाइलअपरेटर प्रतिनीधितथा सीटीओहरुको सहभागिता रहेको यस अवार्डलाई मोबाइलउद्योगमा सर्वाधिक सम्मानितउपाधीका रुपमा लिइन्छ । डिस्रप्टिभ डिभाइस इन्नोभेशन क्याटेगरीले नयाँप्राविधिकउत्पादनहरुमाकार्य सम्पादनतथा समग्र प्रयोगकर्ता अनुभवमा सुदृढिकरण ल्याउन हार्डवेयर तथा सफ्टवेयरमाभित्राइएकानवप्रबर्तनको विशेष मूल्यांकनगर्दछ । विशेषतःओपोको फाइन्ड एनमा रहेको पृथक, स्व–विकासितहिन्ज मेकानिजमका साथै पृथकबाह्य डिजाइनका लागि यो उपाधीप्रदानगरिएको हो ।
सन् २०२१को अन्त्यतिर सार्वजनिक गरिएको फाइन्ड एनओपोको पहिलो फ्ल्यागशिपफोल्डेबल स्मार्टफोन हो । कार्य सम्पादनमा सहजतार्थ विशेष ध्यानदिएर गरिएको यसको डिजाइनका कारण फाइन्ड एनलाई आवश्यकतापर्दा एकै हातले सहजताका साथचलाउन सकिन्छ भने अनफोल्ड गरी ठूलो स्क्रिनको मज्जा पनि लिन सकिन्छ । विशेषतःफोल्डेवलफोन्सका स्क्रिनमा देखिने क्रिज समस्याको समाधानार्थ यसमाओपोले आफ्नो फ्लेक्शनहिन्ज डिजाइन उपलब्ध गराएको छ । नयाँहिन्जले स्क्रिन क्रिज घटाउने र विश्वसनीयता बढाउनुका साथै स्क्रिनलाई विभिन्न कोणमा समेत स्वतन्त्र रुपमा उभ्भिन (५०–१२० डिग्रि) सघाउँछ । हालकामिति सम्मआइपुग्दा फाइन्ड एनकालागि १० लाखभन्दा बढी अर्डर प्राप्त भइसकेको छ ।