२०८१ पुष ९ , मंगलबार

चीनबाट आयो नेपालमा पहिलो पटक कोरोना भाइरसविरुद्धको अर्को साइनोभ्याक खोप

सुनाखरी न्युज/ काठमाडौं –

चीन सरकारको अनुदानमा कोरोना भाइरसविरुद्धको ४० लाख डोज अर्को साइनोभ्याक खोप नेपाल पहिलो पटक आइपुगेको छ ।

 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको हो। यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने स्वास्थ्य सेवा विभागले जानकारी दिए।

 

यो साइनोभ्याक खोप चीनको यस अघिको  भेरोसेल खोप जस्तै दुई डोज लगाउनु पर्ने खोप हो। नेपालमा हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, साइनोभ्याक खोप आएका छन्।