२०८१ पुष १३ , शनिवार

विश्वकै कान्छी ओपेरा गायिका बनिन् ७ वर्षीया भिक्टोरी

सुनाखरी न्युज/ काठमाडौं –

व्यवसायीक गायिका जस्तै गरी ७ वर्षको उमेरमा नै ओपेरा गायिकाको भूमिका निभाएपछि भिक्टोरी ब्रिंकर विश्वकै कान्छी ओपेरा गायिका भएकी गिनिज वल्र्ड रेकर्डले घोषणा गरेको छ ।

 

उनले ७ वर्ष ३१४ दिनको उमेरमा पिट्सबर्ग पब्लिक थिएटरको लाइट्स एन्ड लेजेन्ड शो २०१९ मा ८ वटा व्यवसायीक भूमिकामा सहभागिता जनाएकी थिइन् । हाल १० वर्ष पुगेका लाटरोब पाले पनि २०२१ को जुलाई ६ मा इतिहास रचेकी थिइन् । उक्त समयमा उनी पहिलो अमेरिकाज गट ट्यालेन्ट पफर्मर थिइन् । उनले निर्णायक मण्डलका चारैजनाबाट गोल्डेन बजर प्राप्त गरेकी थिइन् ।

 

‘म चाडो बोली फुट्ने बालिका मध्येको एक थिए र २ वर्षको उमेरमै गायन सुरु गरे । २ देखि ३ वर्षको उमेरमा मैले सबै सीडीहरु सम्झेको थिए । म सधै गाइरहन्थे,’ ब्रिंकरले गिनिजलाई भनिन् । उनको छैटौँ जन्मोत्सवको केही अगाडि मात्रै ओपेरामा रुची गएको ब्रिंकरले बताएकी छिन् । उक्त समयमा उनकी आमाले उनलाई कलाको स्वरुपमा परिचित गराएकी थिइन् ।

 

‘म कठिन व्यवस्थापनको चुनौतीलाई माया गर्छु । यो प्रविधि गाउन आवश्यक पर्छ,’उनको भनाई थियो । ब्रिंकरलाई लो शो देइ रिकर्डमा आमन्त्रित गएिको थियो । शोको अवधिमा उनी रेकर्ड प्रमाणपत्र पाएपछि आश्चर्यमा परेकी थिइन् । एजेन्सी