२०८१ मंसिर ८ , शनिवार

२२ करोड ७६ लाख रुपैयाँमा बिक्यो संसारकै महंगो ऊँट

सुनाखरी न्युज/ काठमाडौं –

इस्लाम धर्माबलम्बीहरुका पवित्र महिना रमजान सुरु हुँदैछ । रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँट अहिलेसम्मकै महंगो मूल्यमा बिक्रि भएर संसारकै महंगो ऊँटको रुपमा विश्व किर्तिमान कायम गरेको छ ।

 

 

उक्त ऊँटको मूल्य ७० लाख साउदी रियाल अर्थात् करीब २२ करोड ७६ लाख रुपैयाँ परेको छ । गल्फ न्यूजको एक रिपोर्ट अनुसार उक्त उँटका लागि साउदी अरबमा सार्वजनिक लिलामीको आयोजना गरिएको थियो । लिलामीको एक भिडियो सोसल मिडियामा समेत राखिएको छ । जसमा परम्परागत पोशाक लगाएका एकजना व्यक्तिले माइक्रोफोनमा ऊँटको लिलामीमा बोली लगाइरहेको देखिन्छ । उक्त ऊँटको सुरुवाती बोली नै ५० लाख साउदी रियाल तोकिएको थियो ।

 

तर लिलाम बढाबढमा जाँदा ऊँटको मूल्य ७० लाख रियालसम्म पुग्यो र बल्ल थामियो । अन्ततः उक्त ऊँटलाई ७० लाख रियालमा बिक्रि गरियो ।  एउटा उँटका लागि झण्डै २३ करोड रुपैयाँ खर्चिने व्यक्तिको पहिचान भने खुलाइएको छैन । साउदी अरबमा करोडौँमा लिलामी भएको यो ऊँट विश्वकै निकै दुर्लभ ऊँट मानिएको छ ।

 

यो ऊँट आफ्नो विशेष सुन्दरता र अनौठोपनका कारण संसारभर चर्चित छ । संसारमा यो प्रजातिका ऊँट निकै कम छन् । स्मरण रहोस् अरब मुलुकहरुमा ऊँट आम जनजिवनको हिस्सा जस्तै हो । इदको बेला साउदी अरबमा ऊँटको बली दिने गरिन्छ । एजेन्सीको सहयोगमा