२०८१ आश्विन १४ , सोमवार

कांग्रेस कै नेतृत्वमा शान्ति र संविधान, अब कांग्रेस कै नेतृत्वमा तिनै तहको निर्बाचन र सुशासन : कांग्रेस केन्द्रीय प्रतिनिधि गिरी 

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ दल संग चुनावी तालमेल गर्न सक्ने कांग्रेस केन्द्रीय समितिको निर्णय गरेको जानकारी ” घर घर जाऔं , कांग्रेस जिताऔं अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले दिनु भएको छ ।

 

आफुले जिम्मेवारी प्राप्त गरेको डोटी जिल्लामा नौ वटै पालिकाहरुको नेपाली कांग्रेसको पार्टी संगठनको अबस्था र स्थिति बारे प्रतिबेदन केन्द्रीय कार्यालय पेश गर्दै नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि किरण गिरीले अभियान पश्चात् जिल्लामा कांग्रेसको पक्षमा लहर आएको र ७५३ स्थानीय तह एबं ६७४३ वटै वडाहरुमा नेपाली कांग्रेसको संगठन थप गतिशील एबं चलायमान भएको कुरा बताउनु भएको छ । कांग्रेस कै नेतृत्वमा शान्ति र सम्बिधान , कांग्रेस कै नेतृत्व मा अब तिनैतहको निर्बाचन र सुशासन मुलुक ले प्राप्त गर्ने दाबी समेत नेपाली कांग्रेसका केन्द्रीय नेता गिरीले गर्नु भएको छ ।

 

बैठक पछि मुख्य सचिब कृष्णप्रसाद पौडेल द्वारा जारी गरिएको प्रेस बिज्ञपति अनुसार – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ चैत्र ११ गतेदेखि सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको बैठक आज सम्पन्न भएको छ । बैठकमा पार्टीका महामन्त्री श्री गगनकुमार थापाले निर्णयार्थ प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।

बैठकका निर्णयहरु :

१. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गरिन्छ ।

२. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने ।

३. उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा “स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति” गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।

४. केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा “स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति” गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्नु हुनेछ ।

५. संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धीको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भुमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भुमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भुमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ । यसैक्रममा पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको छ । यो परिस्थितिमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल गर्दछ ।

६. स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ ।

७. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २३(५) बमोजिम प्रदेश सभाका सदस्य एवं प्रदेश मन्त्री परिषद्का सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको बीस प्रतिशत रकम नियम २३(६)(क) बमोजिम केन्द्रमा बुझाउनु पर्ने व्यवस्था रहेकोमा, २०७९ वैशाख १ गतेदेखि उक्त रकम प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्यसमितिको खातामा जम्मा हुने गरी पठाउनेछ । २०७८ चैत्र मसान्तसम्मको केन्द्रमा पठाउन बाँकी रहेको त्यस्तो रकम सम्बन्धित प्रदेश सभा संसदीय दललाई यही चैत्र मसान्त भित्र अनिवार्य केन्द्रमा पठाउन निर्देशन गर्ने ।

८. नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(४)(२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्क वापत बुझाउनु पर्ने रकम रु. ३०० (तीन सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. ४० (चालीस) र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नविकरण वापत बुझाउनु पर्ने नविकरण शुल्क रु. २०० (दुई सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. १० (दश) को दरले पार्टीको चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नविकरण गरेका क्रियाशील सदस्यको संख्या बमोजिम हुने नयाँ सदस्यता शुल्क र नविकरण शुल्क वापतको जम्मा रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने जानकारी नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेल ले दिनु भएको छ ।