२०८१ मंसिर १० , सोमवार

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन मौसमबिद्को आग्रह

सुनाखरी न्युज/ काठमाडौं –

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।