२०८१ आश्विन १४ , सोमवार

हेमजामा कम्प्यूटर तालिम सम्पन्न

गोबिन्द तिमिल्सिना / हेमजा । दलित संञ्जाल समिति वडा नं २५ हेमजाको आयोजनामा कम्प्यूटर तालिम बुधबार समापन भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगपालिका वडा न २५ का वडाअध्यक्ष शोभाकर तिमिल्सिनाले सिकेको सिपको प्रयोग गर्नुपर्ने बताउदै सक्दो सहयोग गर्ने बताए ।

 

कार्यक्रममा वडा सदस्य दलबहादुर कुवँर, तारा बि.क, वडा सचिब इश्वरि पोखरेल, प्रशिक्षक मोहन नेपाली, दलित सञ्जाल पोखरा महानगरपालिका सदस्य टेकबहादुर बि.क, बिद्यार्थी भिममायाँ बि.क र भुमिका बि.कले बोलेका थिए । माघ १२ गतेदेखि सुरु भएको तालिममा २० जना सहभागी थिए । महानगर र वडा कार्यालयको ब्यबस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

 

दलित संञ्जाल समिति वडा नं २५ का अध्यक्ष टेकबहादुर बि.कको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष धुर्ब परियारले र सञ्चालन सचिव सुनिल गाएकले गरेका थिए ।