२०८१ मंसिर ७ , शुक्रवार

नेप्सेमा ४०.६८ अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो ।

 

मंगलबार नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १११३.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९.८० रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.८५ बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज एनसीसी डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब २ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।