सुनाखरी न्युज/ काठमाडौं । नेपालको पहिलो सी.पी.भी.सी पाइपउत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलमइण्डस्ट्रिज बाट उत्पादित सीपीभीसीप्लस पाइपले नेपाल गुणस्तर चिन्हप्राप्त गरेको छ । यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदानगरिएको हो ।
बजारमालामो समयदेखि गुणस्तरीय उत्पादनदिइरहेको मङ्गलमको एख्ऋर ज्म्एभ्पाइपले भने पहिले देखि नै नेपाल गुणस्तर मान्यतापाइसकेका छन् । गुणस्तर तथानापतौलबिभागले विभिन्न नेपालीउत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्हप्रदानगर्दै आएको छ । नेपाल गुणस्तर चिन्हअन्तरराष्ट्रिय मान्यताप्राप्त छ र यो चिन्हपाएकाउत्पादनहरु गुणस्तरीय र नेपालीबजारमाबिक्रि योग्य मानिन्छन् ।
मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भन्नुभयो,“हाम्रो सी.पी.भी.सी प्लसले नेपाल गुणस्तर चिन्हपाएको जानकारी गराउनपाउँदाहामीअत्यन्तै उत्साहित छौँ । उत्पादन प्रक्रियामा सबै मापदण्ड पु¥याएका, गुणस्तरीय र सुरक्षितउत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्हप्रदानगर्दै आइरहेको छ । यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो । साथै यसले हामीलाई भविष्यमाअझै गुणस्तरीय उत्पादनगर्न पनिहौसलादिएको छ ।”
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादनगर्दै आइरहेको छ । मंगलम्को हरेकउत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चापदार्थ बाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्को यीउत्पादनहरु प्लम्बिङ पेशामालागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइहो ।