२०८१ आश्विन १४ , सोमवार

इँटा बोकेको ट्रकमा आगलागी

सुनाखरी न्युज/ चितवन –

भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

 

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो ।

 

आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ । रासस