२०८१ आश्विन ६ , आइतवार

स्वच्छ न्याय र मर्यादित कानुन व्यवसाय मेरो प्रतिवद्धता : घिमिरे

सुनाखरी न्युज/ काठमाडौं –

यहि चैत १९ गते हुन गैरहेको नेपाल बार एसोसिएसन को चुनाबको अध्यक्ष पदका प्रमुख दाबेदार रहेका प्रजातान्त्रिक गठबन्दनका उमेद्वार बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले आफ्नो उमेद्वारी स्वच्छ र स्वतन्त्र न्याय तथा मर्यादित कानुन व्यवसाय को लागि रहेको बताएका छन् ।

 

विभिन्न कानुन व्यबसायीहरु संग भेटघाट गर्ने क्रममा हाल न्यायपालिका भित्र भैरहेका घटनाक्रम तथा कानुन व्यबसायी प्रति आम नागरिकले बनाइरहेका कतिपय नकारात्मक धारणालाई केन्द्रबिन्दुमा राखेर आफुले नेपाल बारलाई अगाडी बढाउने र कानुन र न्यायको गरिमालाई बढाउनको लागि जिम्मेवार भएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

नेपाली कांग्रेसको महाधिवेसनमा केन्द्रिय निर्वाचन संयोजक बनेर कुशलता पुर्वक भूमिका निर्वाह गरी लोकप्रिय बनेका घिमिरेले अब आफु सम्पूर्ण कानुन व्यबसायीको हक हित को लागि बार को नेतृत्व गर्ने साथै बार र बेञ्च बिचको सम्बन्ध लाई सन्तुलित बनाएर स्वतन्त्र न्यायपालिका, कानुनि सर्वोच्ता र राष्ट्रमा विधिको शासन स्थापित गराउन आफुले महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् ।

 

कुशल वक्ता, मर्यादित कानुन व्यबसायी एवं संबैधानिक तथा फौजदारी कानुनका ज्ञाता भनेर चिनिने घिमिरेलाई धेरैले सम्भावित अध्यक्ष को रुपमा लिएका छन् भने अबको बार लाई घिमिरे ले नै सफलता पुर्वक अगाडी बढाउन सक्छन भनेर कानुन व्यवसायीहरुले ठुलो आशा राखेका छन् ।