२०८१ कार्तिक १६ , शुक्रवार

पाकिस्तानमा स्थानीय तालिवानको आक्रमण, ६ सैनिकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

पाकिस्तानको उत्तरपश्चिममा रहेको सेनाको शिविरमा बुधबार भएको आक्रमणमा पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमणमा परी कम्तीमा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।

 

ट्याङ्क शहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको दावी उक्त समूहले गरेको छ । पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ । पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, ‘व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा छ जना सिपाहीले समाहदत प्राप्त गरेका छन् भने केही घाइते भएका छन् ।’

 

 

सेनाले तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भएको तर उनीहरूले मृतक तथा घाइतेलाई आफूसँगै लगेको जनाएको छ । टीटीपीले दावी गरे अनुसार उक्त आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका र ठूलो सङ्ख्यामा सैनिक अधिकारीको मृत्यु भएको छ । पाकिस्तानमा आतङ्कवादी घोषित विद्रोही यस समूहले अक्सर आफ्नो उपलब्धिलाई बढाइचढाइ गर्ने गरेको पाइन्छ । त्यस्तै सैन्य जनसम्पर्क विभागले पनि नोक्सानी वा रिपोर्ट गर्न ढिला गरेको छ । एजेन्सी