२०८१ आश्विन ६ , आइतवार

गठबन्धन बैठकः महानगरको निर्णय केन्द्रबाट

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनाव महानगरपालिकाको निर्णय केन्द्रबाटै गर्न सहमति जनाएका छन् ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले महानगरपालिकाको उम्मेवारीबारे निर्णय केन्द्रबाटै गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । अन्य पालिकाको निर्णय तल्ला कमिटीबाट हुनेछ ।

 

चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति खनालले बताउनुभयो ।